गृहपृष्ठ कास्कीका ३ जना संक्रमितलाई आइसोलेसनमा ल्याइयो

कास्कीका ३ जना संक्रमितलाई आइसोलेसनमा ल्याइयो

फाइल तस्बिर ।

कास्कीमा पहिलोपटक भेटिएका तीनै जना संक्रमितलाई पोखराको कोराना विशेष अस्पतालको आइसोलेसन कक्षमा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणका क्रममा शनिबार उनीहरूलाई संक्रमण पुष्टि भएको थियो ।

रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष र पोखरा महानगरपालिकामा ५९ वर्षीय पुरुषलाई  मध्याह्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार उनीहरु तीनै  जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

तीन दिनअघि भारतबाट आएकामध्ये हंसपुर रामकोटको क्वारेन्टिनमा २२ र पोखरा- ८, सिर्जनाचोकको क्वारेन्टिनमा ५८ जना राखिएको छ । उनीहरूमध्ये तीन जनामा संक्रमण देखिएको हो ।

उपचारका लागि काठमाडाैं लगिएका पोखरा- ८ का ६० वर्षीय एक पुरुषको भने उतै संक्रमण पुष्टि भएको थियो । योसँगै कास्कीमा काेराेना सांक्रमितकाे संख्या ४ पुगेको छ । संक्रमितहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङ गरी परीक्षण गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएकाे छ ।

प्रकाशित समय १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु