गृहपृष्ठ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

गण्डकी प्रदेशमा आईतबार थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको छ । गण्डकी प्रदेशको बाग्लुङमा ९, म्याग्दीमा ४, तनहुँमा १ र पर्वतमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको जलकोट नगरपालिकामा ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू २१ देखि २६ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै ढाेरपाटन नगरपालिकामा ४८ वर्षीय पुरुष कोरोना पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए । त्यसैगरी कोठेखोला गाउँपालिका वर्ष २९, ३२, ४० का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

म्याग्दीको रगुगंगा गाउँपालिकामा वर्ष ९ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । म्याग्दीकै मंगला गाउपलिकमा २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै तनहुँको रिसिङ गाउँपालिकामा २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिकामा वर्ष २७ र ३२ का दुई जना पुरुषमा कोरोना भेटिएको छ । उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टिनमा रहेको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म ५२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित समय २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु