गृहपृष्ठ कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, ५३८ जना थपिए

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, ५३८ जना थपिए

नेपाला कोरोना संक्रमितको कुल संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ४४८ जना पुरुष र ९० जना महिलामा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०,०९९ पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२२४ रहेको छ । त्यसमा १८९ महिला र २०३५ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र ६८ पुरुष गरी ७६ जना डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । पछिल्लोपटक दैलेखका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ । रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु