गृहपृष्ठ काठमाडौंका २८ सहित थप ४७३ जनामा कोरोना सं‌क्रमण

काठमाडौंका २८ सहित थप ४७३ जनामा कोरोना सं‌क्रमण

१०९ महिला र ३६४ पुरुषसहित बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये १ हजार ८८३ जना महिला छन् भने १२ हजार ६३६ जना पुरुष छन् ।

हालसम्म २ हजार ३७ हजार ७६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।  क्वारेन्टिनमा रहनेको संख्या ३८ हजार १०९ रहेको छ भने १० हजार १३७ जना आइसोलेसनमा छन् ।

बिहीबार थप ६६४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर ५ हजार ३२० जना घर फर्किसकेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ३० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु