गृहपृष्ठ कर्णालीमा ४७ जना थपिए कोरोना संक्रमित, सुर्खेतका मात्रै ४१ जना
कर्णालीमा ४७ जना थपिए कोरोना संक्रमित, सुर्खेतका मात्रै ४१ जना
कर्णाली प्रदेशमा ४७ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार गरिएको पीसीआर परिक्षणमा सुर्खेतमा मात्रै ४१ नयाँ संक्रमित थपिएका हुन् ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुुपंक्षी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४१, जाजरकोटका र सुर्खेतमा रहेका बाँकेका एक/एक जनालाई कोरोना संक्रमण देखिएको हो ।
चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका दुुई जनालाई कोरोना संक्रमण देखिएको छ । महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले सोमबारसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ६३ पुगेको जानकारी दिए ।
प्रकाशित समय १८:४३ बजे
















