गृहपृष्ठ कर्णालीमा थप ११ जनालाई कोरोना संक्रमण
कर्णालीमा थप ११ जनालाई कोरोना संक्रमण
कर्णाली प्रदेशमा थप एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा ६ जिल्लाका एघार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ८ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा १ जना र भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमध्ये कर्णाली प्रदेश अस्पतालमा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका २ जना र पञ्चपुरी नगरपालिकाका २ जना, सल्यानको कालीमाटी गाउँपालिकाका १ जना, पलाँता गाउँपालिका कालिकोटका १ जना, नाम्खा गाउँपालिका हुम्लाका १ जना र दैलेख जिल्ला चामुण्डा बिन्द्राशैनी नगरपालिकाका १ जना रहेका छन् ।
त्यस्तै दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा महाबु गाउँपालिकाका १ जना रहेका छन् भने भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा सल्यान शारदा नगरपालिकाका दुई जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय १८:१२ बजे
















