गृहपृष्ठ एनएमबी बैंक र जडिबुटी व्यवसायी संघबीच समझदारी पत्रमा हस्ताक्षर
एनएमबी बैंक र जडिबुटी व्यवसायी संघबीच समझदारी पत्रमा हस्ताक्षर
एनएमबी बैंक लिमिटेड र जडिबुटी व्यवसायी संघ नेपालबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष, विष्णु भण्डारीले हस्ताक्षर गरे । एनएमबी बैंकले देशको दिगो विकासमा टेवा पु-याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोतलगायत उद्यमशीलता विकासमा स्थानीय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दे आएको छ ।
एनएमबी बैंकले हाल देशभरी १६७ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रकाशित समय १८:५२ बजे

















