गृहपृष्ठ वीरगञ्जस्थित कोरोना अस्पतालमा आरडीटी पोजेटिभ भएका १ व्यक्तिको मृत्यु

वीरगञ्जस्थित कोरोना अस्पतालमा आरडीटी पोजेटिभ भएका १ व्यक्तिको मृत्यु

वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ ।

आरडीटी पोजेटिभ देखिएका ती वृद्धको पीसीआर रिपोर्ट भने आउन बाँकी नै छ । केही दिनदेखि स्वास्थ्यमा समस्या भएपछि उनलाई शनिबार राती गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

आरडीटी पाजेटिभ आएकाले उनको मृत्यु कोरोनाबाट भएको अनुमान गरिएको छ । दिउँसोसम्म रिपोर्ट आइसक्ने गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

प्रकाशित समय १२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु