गृहपृष्ठ प्रदेश १ मा परीक्षणको दायरा फराकिलो बन्दै, एकै दिन १९ सयको कोरोना परीक्षण

प्रदेश १ मा परीक्षणको दायरा फराकिलो बन्दै, एकै दिन १९ सयको कोरोना परीक्षण

प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार बुधबार १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ ।

प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ । अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट भएको हो । हालसम्म प्रदेश १ मा १६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु