गृहपृष्ठ उपत्यकामा ९८ सहित देशभर थपिए ४६८ जना संक्रमित
उपत्यकामा ९८ सहित देशभर थपिए ४६८ जना संक्रमित
आइसीयूमा ९८ र भेन्टिलेटरमा ४ जना रहेका छन्
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा देशभर शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
अब देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् ।
शनिबार १ सय २४ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । शनिबार देशभर ८ हजार १ सय ९३ संक्रिय संक्रमितको संख्या रहेको प्रवक्ता गाैतमले जानकारी दिए । १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् । त्यसैगरी हाल १४ हजार ४ ४८ जना क्वारेन्टाइनमा छन् । देशभर आइसीयूमा रहनेको संख्या ९८ जना र भेन्टिलेटरमा ४ जना रहेका गाैतमले जानकारी दिए ।
नेपालमा १ सय २ जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गएको छ । संखुवासभा मनाङ मुस्ताङ डाेल्पा र हुम्ला जिल्ला काेराेना संक्रमणमुक्त भइसकेका छन् ।
मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आए पनि पछि कोरोना पोजेटिभ हुनसक्ने सम्भावना बढी रहने बताए ।
प्रकाशित समय १६:३३ बजे

















