गृहपृष्ठ जलेश्वरको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेटर जडान, जनशक्ति अभावले एउटामात्रै सञ्चालन

जलेश्वरको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेटर जडान, जनशक्ति अभावले एउटामात्रै सञ्चालन

प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट प्राप्त सहयोगमा महोत्तरी सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा ५ वटा भेन्टिलेटर जडान गरिएको छ । पाँच बेडको भेन्टिलेटरसहित आइसीयू सञ्चालन गरिए पनि भेन्टिलेटर अपरेटरका लागि दक्ष जनशक्ति अभाव देखिएको छ ।

भेन्टिलेटर सहितको आइसीयू बेड निमार्ण भए पनि दक्ष जनशक्ति नभएकाले गर्दा पूर्ण सेवा प्रवाह गर्न अस्पताललाई समस्या भएकाे छ । जलेश्वरको कोराना विशेष अस्पतालको आइसोलेसनमा हाल ४२ जना पुरुष उपचाररत छन् । त्यसमध्ये चार-पाँच जनामा मात्रै कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको भेन्टिलेटर सहितको आइसीयूमा एकजना मात्रै चिकित्सक छन् । यसकारण आइसीयू पूर्ण रूपमा सञ्चालन गर्न नसकिने जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । उनले अस्पतालमा एमडी एनेस्थेसिया, एमडी इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफ लगायतको आवश्यकता रहेको बताए ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु