गृहपृष्ठ उपत्यकामा १७२ सहित देशभर ६४१ जना कोरोना संक्रमित थपिए
उपत्यकामा १७२ सहित देशभर ६४१ जना कोरोना संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १७२ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएकसहित देशभर संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए ।
हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।
प्रकाशित समय १६:३१ बजे

















