गृहपृष्ठ नेसनल लाइफ इन्स्योरेन्सका अधिकांश सूचकांक सकारात्मक

नेसनल लाइफ इन्स्योरेन्सका अधिकांश सूचकांक सकारात्मक

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अधिकांश सूचकांक सकारात्मक बनेको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीको गत वर्षको वित्तीय विवरणअनुसार जीवन बिमा कोष, बिमा शुल्क, आम्दानी र नाफासहितका सबै सूचकांक सकारात्मक देखिएका हुन् ।

गत आवमा कम्पनीले कुल बिमा शुल्क नौ अर्ब २२ करोड ६ लाख १४ हजार रुपैयाँ संकलन गरेको छ भने खुद बिमा शुल्क नौ अर्ब ११ करोड ४० लाख ७९ हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको तुलनामा कम्पनीको कुल बिमा शुल्क एक अर्ब २० करोड रुपैयाँ बढेको हो । त्यस्तै खुद बिमा शुल्क १६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो वर्ष सात अर्ब ८० करोड दुई लाख ४६ हजार रुपैयाँ संकलन गरेको थियो ।

समीक्षा अवधिमा नेसनल लाइफ इन्स्योरेन्सले जीवन बिमा कोष ६ अर्बले बढाएको छ । अघिल्लो वर्ष २७ अर्ब १९ करोड आठ लाख ३२ हजार रुपैयाँ रहेको कोषमा गत असार मसान्तसम्ममा ३३ अर्ब ७२ करोड १६ लाख १० हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीले जगेडा कोषमा एक अर्ब तीन करोड ६१ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ भने महाविपत्ति कोषमा २७ करोड ८९ लाख २४ हजार रुपैयाँ जम्मा गरेको छ । यससँगै नेसनल लाइफको कुल कोषको आकार ३५ अर्ब तीन करोड ६७ लाख रुपैयाँको भएको छ ।

प्रतिकूल अवस्थामा पनि कम्पनीको नाफा बढेको छ । अघिल्लो वर्ष ३३ करोड नाफा गरेको कम्पनीले गत वर्ष ३९ करोड १२ लाख २९ हजार रुपैयाँ नाफा गरेको हो ।

त्यसैगरी, कम्पनी गत वर्ष दुई अर्ब ७६ करोड ४५ लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने कम्पनीको भुक्तानी हुन बाँकी रकम ३८ करोड ११ लाख आठ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १६.९२ रुपैयाँ छ ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु