गृहपृष्ठ काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १९ सय नाघ्यो
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १९ सय नाघ्यो

काठमाडौं उपत्यकामा आज थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १ सय २६, ललितपुरका ३८ र भक्तपुरका ८ जना रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ६६ पुगेको छ ।
शनिबार उपत्यकामा ९८ जनामा संक्रमण देखिएको थियो । जसमा काठमाडौँमा ८०, भक्तपुरमा ९ र ललितपुरमा ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यसअघि उपत्यकामा १ सय १९ जना संक्रमित भेटिएका थिए । शुक्रबार थपिएका संक्रमितहरुमा काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना हुन् ।
त्यसअघि साउन २९ गते काठमाडौँमा १ सय २७ जना कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस दिन काठमाडौँमा १ सय ११, ललिपुरमा ११ र भक्तपुरमा ५ जनालाई संक्रमण पुष्टि भएको हो ।
साउन २८ गते काठमाडौँमा १ सय ३८ जना संक्रमण थपिएका थिए । जसमा काठमाडौँमा ११०, भक्तपुरमा १० र ललितपुरमा १४ थिए । यस्तै २७ साउनमा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएको थियो । यसमा काठमाडौंमा ११०, भक्तपुरमा १० र ललितपरमा १४ जनालाई संक्रमण देखिएको हो ।
हालसम्म काठमाडौंमा कुल संक्रमितको संख्या एक हजार पाँच सय ६६ पुगेको छ । त्यसैगरी ललितपुरमा दुई सय ६७ र भक्तपुरमा एक सय ३३ जनालाई संक्रमण भएको छ ।
आज देशभर थप ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आज थप १३४ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ भने १५ हजार २ सय ४३ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय १७:१३ बजे