गृहपृष्ठ ५८१ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १६८

५८१ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा १६८

पछिल्लो २४ घण्टाभित्र ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ५ सय २० जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडौं उपत्यकामा १६८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् । कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६९९ रहेको छ । अहिलेसम्म नेपालमा  १ सय ७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु