गृहपृष्ठ छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा कोरोना कोषमा १ करोड ३१ लाख सहयोग
छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा कोरोना कोषमा १ करोड ३१ लाख सहयोग
छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई १ करोड ३१ लाख ९२ हजार ३२३ रुपैयाँ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको रकम हस्तान्तरण गरेको हो ।
सोमबार अर्थ मन्त्रालयमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा वित्तीय संस्थाका सहायक महाप्रबन्धक दिलिपकुमार श्रेष्ठ र वरिष्ठ विभागीय प्रमुख दिपक पाण्डेको पनि उपस्थिति थियो ।
वित्तीय संस्थाले यसअघि चैत १९ गते पनि सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २५ लाख प्रदान गरिसकेको छ । विभिन्न स्थानीय तहले कोरोनाभाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन ब्यवस्थापनका लागि सञ्चालक समितिबाट थप २० लाख स्वीकृत गरी उक्त रकम शाखा कार्यालयमार्फत पनि हस्तान्तरण गरेको छ । कोषको रकमबाट गरिब, विपन्न तथा आर्थिक हिसाबले कमजोर तथा सामान्य सुविधाको अवसरबाट वञ्चित परिवारलाई कोभिड–१९ को संक्रमणबाट जोगाइ सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन् भन्ने छिमेक लघुवित्तको विश्वास छ ।
प्रकाशित समय ०८:४५ बजे

















