गृहपृष्ठ कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि
कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा बुधबार थप ६ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका चारसहित भक्तपुरका १ जना र भारत, बनारसका एक जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतको वीरेन्द्रनगर- ४ की २९ वर्षीय महिला, चौकुने गाउँपालिकाका ८ वर्षीय बालक र २६ वर्षीय पुरुष, गुर्भाकोट नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या २ हजार ३ सय १९ पुगेको महाशाखाले जनाएको छ । गत २४ घण्टामा १२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको संख्या कर्णालीमा २ हजार १९ पुगेको छ । प्रदेशभर कोरोनाका सक्रिय बिरामी भने २ सय ९४ रहेको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
प्रकाशित समय १८:३० बजे
















