गृहपृष्ठ कोरोना ग्राफ निरन्तर उकालो : थप १,१२० जनामा संक्रमण पुष्टि
कोरोना ग्राफ निरन्तर उकालो : थप १,१२० जनामा संक्रमण पुष्टि
थप १,११२ जना संक्रमणमुक्त, हालसम्म २३,२९० ले जिते कोरोना
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४१ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३२० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । योसँगै देशभर संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । संस्थागत आइसोलेशनमा १० हजार ४९३ र होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेको प्रवक्ता गौतमले बताए । यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म २ सय ४५ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १६:३० बजे

















