गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । बुधबार ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार ३७ पुगेको हो ।

प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा सुर्खेतमा ६४, दैलेख अस्पतालमा चार र रुकुमपश्चिममा गरिएको परीक्षणमा एक गरी ६९ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा जिल्लागत आधारमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक-एक र अन्य प्रदेशका ६ जना छन् ।

पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार दुई सय २९ पुगेको छ । प्रदेशभर होम आइसोलेसन ४१३, प्रदेश अस्पतालमा ७८, वीरेन्द्रनगर आइसोलेसनमा ३७, वीरेन्द्रनगर होटल आइसोलेसनमा १७, भेरीगंगामा ३, गुर्भाकोटमा २०, बराहताल होम आइसोलेसनमा २, सिम्तामा ८, सशस्त्र प्रहरी गणमा २० र लेकवेशी आइसोलेसन १३ जना रहेका छन् ।

त्यस्तै दैलेख नारायण आइसोलेसमा १६, दुल्लु अस्पताल ४, भैरवी आइसोलेसनमा २, चामुण्डा आइसोलेसनमा १, गुराँस आइसोलसनमा १०, नलगाड आइसोलेसन जाजरकोट २, सल्यान क्याम्पस आइसोलेसनमा ३२, कुपिण्डे आइसोलेसनमा ११, छत्रेश्वरी आइसोलेसनमा १४, छत्रेश्वरी होम आइसोलेसनमा १, कपुरकोट आइसोलेसनमा १ चौहजहारी अस्पताल २, सानोभेरी ६, त्रिवेणि होम आइसोलेसन २, कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा ३०, चन्दननाथ आइसोलेसन ६, स्वास्थ्य सेवा केभिड- १९ अस्पताल कालिकोट २०, तिलागुफा ४, खत्याड आइसोलेसन मुगुमा २, सिमकोट होम आइसोलेसन हुम्लामा २, सर्केगाड आइसोलेसन हुम्लामा १ जना गरी जम्मा ७ सय ८२ सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ । जिल्लागत तथ्यांक हेर्ने हो भने सुर्खेत १ हजार ५५६, दैलेख १ हजार १८०, सल्यान ३८८, जुम्ला २२९, कालिकोट १६३, रुकुमपश्चिम १२५, जाजरकोट ८२, हुम्ला १६, मुगु १७, डोल्पा १२ र अन्य प्रदेशका २६९ गरी जम्मा ४ हजार ३७ संक्रमितको संख्या पुगेको हो ।

प्रकाशित समय २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु