गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा १० लाख दुर्घटना बिमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा १० लाख दुर्घटना बिमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले न्यु सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बिमाबापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ । बैंकको गोपीगन्ज शाखामा न्यु सुपर चामत्कारिक बचत खाता ‘डायमन्ड श्रेणी’को खाता खोलेका नवलपरासी पश्चिम, प्रतापपुर बस्ने राजकुमार शर्माको दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती सुनितादेवी शर्मालाई कम्पनीले बिमा रकम हस्तान्तरण गरेको हो । बैंकले एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको जनाएको छ ।

बैंकले न्यु प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डायमन्ड श्रेणी’का ग्राहकका लागि बिमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधा प्रदान गरेको छ । बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जनाभन्दा बढी ग्राहकलाई बिमाबापतको १ करोड ९४ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको छ ।

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु