गृहपृष्ठ थप २ हजार ५७१ जनामा कोरोना पुष्टि, ८१ प्रतिशत संक्रमित निको भए
थप २ हजार ५७१ जनामा कोरोना पुष्टि, ८१ प्रतिशत संक्रमित निको भए
देशभर पछिल्लो २४ घण्टामा ११ हजार १७७ पीसीआर परिक्षण गर्दा थप २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ ।
सोमबार थप १ हजार ७९८ जना कोरोनाबाट निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै निको भई घर फर्किनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ । यो कुल संक्रमितको ८१ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेको छ । यो कुल संक्रमितमध्ये १८.३६ प्रतिशत हो । सक्रिय संक्रमितमध्ये ९६७ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै आज १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ०.५७ प्रतिशतको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको छ ।
प्रकाशित समय १६:५९ बजे

















