गृहपृष्ठ कर्णालीमा थप ३६ जना कोरोनाभाइरसबाट संक्रमित

कर्णालीमा थप ३६ जना कोरोनाभाइरसबाट संक्रमित

कर्णाली प्रदेशमा बुधबार थप ३६ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँच जिल्ला सुर्खेतमा २६, दैलेखमा चार, जुम्लामा चार, कालिकोटमा एक र रुकुमपश्चिममा एक जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा २६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच, दैलेख अस्पतालमा पाँच र चौरजहारी पीसीआर परिक्षण प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एकजनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ४ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका प्रमुख बृषबहादुर शाहीका अनुसार बुधबार पाँच जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशभर संक्रमणमुक्त हुनेहरुको संख्या ५ हजार ६ सय ६ पुगेको छ । प्रदेशका आठ जिल्लामा गरी ६ सय ८ जना कोरोनाका सक्रिय संक्रमित बिभिन्न अस्पताल तथा होम आइसोलेसनमा बस्दै आएका छन् । जसमा सुर्खेतमा ४ सय ८, दैलेखमा ९३, जाजरकोटमा दुई, सल्यानमा २७, रुकुमपश्चिममा १८, जुम्लामा ४६, कालिकोटमा तीन र मुगुमा ११ जना रहेका छन् ।

प्रदेशका डोल्पा र हुम्ला जिल्लाका कुनै पनि आइसोलेसनमा सक्रिय संक्रमित नभएको शाहीले जानकारी दिए । हालसम्म कोरोनाभाइरसको संक्रमणका कारण प्रदेशभर १६ जनाले ज्यान गुमाइसकेका छन् । जसमा सुर्खेतका आठ, दैलेखका चार, डोल्पाका एक, कालिकोटका एक, रुकुमपश्चिमका एक र अन्य प्रदेश बाँकेका एकजना रहेको हुन् । कोरोनाका कारण ज्यान गुमाउनेहरुमा दश पुरुष र छ महिला रहेको महाशाखाको तथ्यांक छ ।

प्रकाशित समय १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु