गृहपृष्ठ शुक्रबार थपिए २१११ कोरोना संक्रमित, ३५३७ जना डिस्चार्ज
शुक्रबार थपिए २१११ कोरोना संक्रमित, ३५३७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
शुक्रबार ३ हजार ५३७ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कोरोनाबाट निको भई घर फर्किनेको संख्या हालसम्म १ लाख ६८ हजार २२९ जना रहेको छ ।
आज उपत्यकामा १ हजार ७ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जनामा संक्रमित थपिएका छन् । त्यस्तै आज थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २०२ पुगेको छ ।
प्रकाशित समय १७:०७ बजे

















