गृहपृष्ठ सोमबार थपिए १,९८० जना कोरोना संक्रमित

सोमबार थपिए १,९८० जना कोरोना संक्रमित

सोमबार १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ ।

आज कोरोना भाइरसबाट थप ३ हजार ४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म कोरोनाबाट निको भई घर फर्किनेको संख्या २ लाख २ हजार ६७ जना रहेको छ । त्यस्तै सोमबार कोरोनाबाट १६ जनाको मृृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ ।

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु