गृहपृष्ठ ओपोद्वारा फुल-पाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

ओपोद्वारा फुल-पाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१ मा सार्वजनिक हुने फ्ल्यागसीप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ । फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, एण्ड्रोइड कलर म्यानेजमेन्ट सिस्टममा फुल डीसीआई-पीथ्री वाइड ग्याम्यूट र क्याप्चर, स्टोरेज र डिस्प्लेमा १० बिट कलर डेप्थ सपोर्ट गर्ने पहिलो प्रणाली हो । यसमा निहित प्रमाणिक र सटिक कलर रिप्रडक्शन क्षमताका कारण यसले प्रयोगकर्तालाई अतुलनीय दृष्यानुभूति प्रदान गर्छ ।

‘रंगले सिर्जनशिलताका लागि प्रेरित गर्नुका साथै यर्थाथप्रतिको हाम्रो दृष्टिकोणमै परिवर्तन ल्याउँछ । यही कुरालाई दृष्टिगत गर्दै हामीले कलर म्यानेजमेन्ट सिस्टमका हरेक पक्षलाई सुदृढ गर्दै दैनिकीमा उत्कृष्ट तथा उच्च गुणस्तरीय दृष्य पस्कने प्रयास गरेका छौं,’ ओपोका उत्पादन व्यवस्थापक पाईले भने, ‘ फाइन्ड एक्सट्र प्रोको स्टेलर कलर परफरमेन्समा आधारित भई नयाँ फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम १० बिट ईमेज क्याप्चरिङ र एचइआइएफ फरम्याट सपोर्टका लागि विशेष सावधानीपूर्वक विकसित गरिएको हो । हाम्रा प्रयोगकर्तालाई त्रुतिरहित व्यवस्थित रंगको अनुभव प्रदान गर्नु हाम्रो उद्देश्य हो । यसले कन्टेन्ट निर्माताका अन्वेषण, क्याप्चर र आफूलाई खुला रुपमा प्रस्फुटन गराउने कार्यमा तेवा पु¥याउनेमा हामी विश्वस्त छौं ।’

भविष्यमा ‘वाइड कलर गामुट’ र उच्च कलर डेप्थको ट्रेण्ड नियाल्दै ओपोको आरएण्डडी समूहले कलर रिप्रडक्शनका लागि आफ्ना सम्बन्धित प्रणाली र हार्डवेयरका क्षेत्रमा उल्लेख्य सुधार प्रस्तुत गरेको छ । सार्वजनिक नयाँ प्रणालीले छवि अधिग्रहण, गणना, एन्कोडिङ, सञ्चय, डिकोडिङ र अन्ततः १० बिट कलर डेप्थ र पीथ्री वाइड कलर गामुटसहित एचईआईएफ ईमेज सपोर्ट गर्ने गरी दृष्य सम्प्रेषण गर्छ ।

व्यवस्थापन प्रणालीका रुपमा फुल-पाथ कलर म्यानेजमेन्ट प्रणालीले उच्च कोटीको अल्गोरिथम र हार्डवेयर मार्फत दृष्य खिच्दादेखि नै रंग रेकर्ड गर्छ । ओपोको आरएण्डडी ईञ्जिनियरिङले विकृति सुधार, मल्टि-फ्रेम न्वाइज रिडक्सन र पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशनलगायत क्षेत्रका अल्गोरिथममा ब्यापक विकास प्रस्तुत गरेको छ । साथै, ओपोले डिजिटल ओभरल्याप (डीओएल) एचडीआरपनि सपोर्ट गर्ने क्षमता राख्छ । डीओएल-एचडीआर प्रविधिले प्रेशित हुने छविमा एक्स्पोजरका विभिन्न अवस्थाको संश्लेषण गर्छ । यसले गर्दा अत्यधिक प्रकाश भएका स्थान लिइएका तस्बिरमा समेत आकर्षक रंगहरु कैद हुन्छन् ।

उत्कृष्ट दृष्य सम्प्रेषणका लागि सही हार्डवेयरका साथै क्यालिबरेशनको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । ओपोको स्क्रिन क्यालिवरेसन प्रक्रियाले ब्यवसायिक, डिजिटल फिल्म श्रेणीको रंग सटिकतालाई करिव ०.४ जेएनसीडी पु¥याउन सघाउँछ । यसले गर्दा स्क्रिनमा लगातार सटिक र उत्कृष्ट दृष्य सम्प्रेषण हुन्छ । त्यसैगरी, ओपोको स्वामित्वमा रहेको अल्गोरिथमले डीसीआई(पीथ्रीको आवश्यकताअनुसार समायोजन गरी कलर स्पेशको केन्द्रमा डी ६५ ह्वाइट प्वाइन्टका साथमा कलर गामुट अनुकुलताको सुनिश्चितता प्रदान गर्छ ।

१० बिट कलर डेप्थले कलर ग्राडियन्टमा थप सुधार ल्याई सिर्जना र पोष्ट एडिटिङका दौरान भर्जुअल कन्टेन्टको गुणस्तर अझ आकर्षक देखाउन सघाउँछ । जेपीइजी तस्बिरको करिब ५०% मात्र साइज भएता पनि नयाँ शक्तिशाली एचइआइएफ फरम्याटले स्थिर तस्बिर, ईएक्सआइएफ, डेप्थ ईन्फरमेशन र डायनामिक भिडियोलगायत विभिन्न किसिमका मल्टिमिडिया सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्तालाई पर्याप्त सिर्जनात्मक स्वतन्त्रता प्राप्त हुन्छ । एचइआइएफ फरम्याटलाई थप विकसित गरी अल्ट्रा-हाई कलर डेप्थका लागि समेत अनुकुलता सुनिश्चित गर्न सकिन्छ ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु