गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा

मुक्तिनाथ विकास बैंकको अनलाइन कर्जा आवेदन सेवा

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखी र कोरोना महामारीको विषम परिस्थितिमा डिजिटल प्रणालीको प्रोत्साहन गर्नेगरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिनसक्ने साथै कर्जा स्वीकृतिका लागि आवश्यक पर्ने कागजातसमेत अनलाइनमार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो । यस प्रणालीमार्फत ग्राहकले आफूलाई सहज पर्ने कुनै पनि शाखा अनलाइनमै छनोट गरी कर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिनभित्रै कर्जा स्वीकृत गरिने बैंकले जनाएको छ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएकोसमेत बैंकले जनाएको छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु