गृहपृष्ठ कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो

कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई)को आवेदन फारम खुलाएको छ । १६ पुसदेखि २१ माघसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ । कोरोना भाइरस कोभिड- १९ का कारण रजिष्ट्रेसन फाराम र आवेदन फारम बोर्डले ढिला गरी खुलाएको हो ।

‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौं  । परीक्षा कसले गर्ने निर्णय भएको छैन तर जसले परीक्षा लिए पनि विद्यार्थीको फारम भराउने निर्णयमा पुगेका हौं,’ परीक्षा नियन्त्रक रामराज खकुरेलले भने । यो समयमा प्रश्नपत्र तयार पाररे छपाइको काम सकिनु पर्ने हो । तर प्रश्नपत्र तयार पार्ने काम अगाडि बढेको छैन । परीक्षाको तयारी र पठनपाठन नभएका कारण यो वर्ष चैतमै परीक्षा गर्न नसिकने बोर्ड अधिकारीहरूको भनाइ छ ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु