गृहपृष्ठ नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकले सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।
बैठकलगत्तै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने सो पक्षको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेको विरोधमा प्रचण्ड-माधव समूहले मंगलबार देशैभर विरोध प्रदर्शन गरेको थियो । प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।
प्रकाशित समय ११:११ बजे

















