गृहपृष्ठ चितवनमा थपिए ५६ कुष्ठरोगी

चितवनमा थपिए ५६ कुष्ठरोगी

फाइल तस्बिर

जिल्लामा ५६ कुष्ठरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन । ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनीक गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् ।

इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या ११६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उनले बताए । दलेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो ।

कुष्ठरोगीहरुको जिविको पार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भईरहेको जानकारी दिइयो । यो रोग माइट्रो व्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले बताए । सो संख्या घट्दो क्रममा रहेको छ । कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्ष सम्म औषधि खुवाउनु पर्ने हुन्छ । शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन् । (रासस)

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु