गृहपृष्ठ कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

कोरोना माहामारीका कारण मुलुकभरका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको मोरङमा आयोजित भेलाका अवसरमा पत्रकार सम्मेलन गरी केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोरोना संक्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको जानकारी दिएका हुन् ।

केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पुँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने उनले बताए । अतिप्रभावित निजी विद्यालयलाई बैँकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानीका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले जानकारी दिए । दुईदिने भेलामा केन्द्रीय कार्यसमितिका ९० जनाको सहभागिता छ ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु