गृहपृष्ठ ओली समूहको अवरोधका कारण प्रदेश १ मा अविश्वास प्रस्ताव दर्ता हुन सकेन
ओली समूहको अवरोधका कारण प्रदेश १ मा अविश्वास प्रस्ताव दर्ता हुन सकेन
प्रदेश १ को प्रदेश सभा बैठक २ मिनेट बसेर स्थगित भएको छ । १८ दिनपछि आजका लागि बोलाइएको बैठक सत्ता पक्षकै सांसदहरूको अवरोधका कारण स्थगित भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहले बैठक अवरुद्ध गरेको हो ।
आइतबार दिउँसो २ बजेका लागि डाकिएको बैठक ढिलो गरेर सुरु भएको थियो । बैठक सुरू हुन नपाउँदै ओली समूहका सांसदहरूले विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन् । बैठक सुचारु हुन नसकेपछि मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता हुन पाएन । अर्को बैठक आगामी फागुन ९ गते बस्ने जनाइएको छ ।
त्यसअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो । चार घण्टा बढी चलेको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची तय गरेको थियो । ओली समूह भने सूचना टाँस गरेर बैठक स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड-माधव समूहका सांसदहरू भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद पेस गर्नुपर्ने अडानमा थिए ।
प्रकाशित समय १७:११ बजे
















