गृहपृष्ठ पछिल्लो २४ घण्टामा ३३३३ पीसीआर गर्दा १३० संक्रमित थपिए, १९४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३३३३ पीसीआर गर्दा १३० संक्रमित थपिए, १९४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा देशभरमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु