गृहपृष्ठ केपी जीको चरित्र जनताले बुझिसके, अब बालुवाटार र सिंहदरबार घेर्नेछन् : प्रचण्ड
केपी जीको चरित्र जनताले बुझिसके, अब बालुवाटार र सिंहदरबार घेर्नेछन् : प्रचण्ड
ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई विभिन्न धम्की दिएको आरोप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परेमा जनताले अब बालुवाटार र सिंहदरबारसमेत घेर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी चरित्र जनताले बुझिसकेको बताए ।
संवैधानिक निकायका प्रमुखहरुलाई अहिलेको नेकपा भित्रको राजनीतिक संकटलाई खेलाँची नसम्झन प्रचण्डले आग्रह गरेका छन् । अहिलेको राजनीतिक संकटमा कसैको प्रभावमा परेर गलत निर्णय गरे जनताले कसैलाई नछोड्ने बताए । ओलीले निर्वाचन आयोगमा गएर आयोगका पदाधिकारीहरुलाई विभिन्न धम्की दिएको भन्दै उनले आयोग त्यसको प्रभावमा परे जनताले नछोड्ने चेतावनी दिए ।
सर्वोच्च अदालतले लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको प्रचण्डले बताएक छन् । जनताको आवाज नसुनेर अदालत केपी ओलीसँग डराउला भन्ने आफूलाई नलागेको उनको भनाइ थियो । ‘यदि अदालत डरायो भने आँधीहुरी आउँछ । कसैले थाम्न सक्दैन,’ उनले भने ।
प्रकाशित समय १७:२७ बजे