गृहपृष्ठ ४ हजार पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि, १३६ जना डिस्चार्ज
४ हजार पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि, १३६ जना डिस्चार्ज

नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजारमा पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएर अस्पतालदेखि डिस्चार्ज भएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५४ को मृत्यु भएको छ । अहिलेसम्म निको हुनेको दर ९८.६ प्रतिशत छ ।
प्रकाशित समय १६:४६ बजे