गृहपृष्ठ सुनको मूल्य सामान्य घट्यो
सुनको मूल्य सामान्य घट्यो
शुक्रबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ । आज सुन १ सय रूपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबारको लागि तेजावी सुनको मूल्य ९० हजार ३ सय कायम गरिएको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेर १३ सय ३५ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:१० बजे

















