गृहपृष्ठ बाल विकास शिक्षकहरुको नगरपालिकामा धर्ना
बाल विकास शिक्षकहरुको नगरपालिकामा धर्ना
लम्कीचुहा नगरपालिका अन्तरगत रहेका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकहरुले विभिन्न माग गर्दै नगरपालिकाको कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । देशैभरका बालविकास शिक्षकहरु आन्दोलित भइरहेका बेला नगर स्तरीय बाल विकास समिति लम्कीचुहाले पनि आफ्ना मागको सुनुवाइका लागि धर्ना दिएको नगरस्तरी समितिका अध्यक्ष जानकी सञ्यालले बताकी छिन् ।
पटक-पटक आफ्ना माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाउदा समेत कुनै सुनुवाइ नभएको भन्दै आन्दोलनका कार्यक्रम अन्तरगत सोमबार ५ औं चरणको कार्यक्रममा नगरभित्र कार्यरत करीब एक सय भन्दा बढी शिक्षकले धर्ना दिएका हुन् । धर्नापछि कोण सभामा बाल विकास समितिका प्रदेश सदस्य लक्ष्मि शाही र जिल्ला अध्यक्ष निर्मला तिमिल्सिनाले आफ्नो मागप्रति नगरपालिका गम्भीर नभएको गुनासो गरिन् ।
लामो समयदेखि न्युन पारिश्रमिकमा सेवा गदै आएको भएपनि स्थानिय सरकार आउदा आफूहरुको सहि ब्यास्थापन हुन्छ की भन्ने आसा पनि निराशामा परिणत भएको उनको भनाई थियो । सामान्य प्रक्रियाबाट शिक्षक दबन्दीमा कायम गर्न, सेवा सुविधा आधारभूत तहको शिक्षक सरह कायम गराउन, बालमैत्री कक्षा कोठाको व्यवस्था मिलाउन लगायतका माग नगरपालिकालाई जानकारी गराइएको थियो ।
कोण सभामा बोल्दै लम्कीचुहा नगरपालिकाकी उप-प्रमुख टीका थापाले बाल विकास शिक्षकहरुको मागप्रति आफु गम्भीर रहेको बताइन् । नगरपालिकाले भरखरै शिक्षा नियमावली बनाएर कार्यन्वयनको चरणमा रहेको बताउदै उनले बाल विकास शिक्षामा कार्यरत शिक्षकको लागि नगरपालिकाले सहि व्यावस्थापनको लागि पहल गर्ने आश्वासन दिइन् ।
प्रकाशित समय १७:४० बजे