गृहपृष्ठ प्रदेश ७ मन्त्रिपरिषद बैठक : हत्या र बलात्कारपीडितलाई क्षतिपूर्ति
प्रदेश ७ मन्त्रिपरिषद बैठक : हत्या र बलात्कारपीडितलाई क्षतिपूर्ति
फाइल तस्बिर
प्रदेश ७ को मन्त्री परिषदको बैठकले कैलाली र कञ्चनपुरका बलात्कारका घटनाका पीडित परिवारलाई क्षतीपूर्ति दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रस्तावमा बैठकले २०७५ असार १२ गते गैरीगंगा नगरपालिका वडा नं. ११ कि २१ वर्षिया माया वि.क. को परिवारलाई पनि ५ लाख रुपयाँ दिने निर्णय गरेको छ । उनको बलात्कारपछि हत्या गरिएको थियो । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।
यस्तै प्रदेश ७ को सरकारले २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका वडा नं. २ की १३ वर्षिया बालिका निर्मला पन्तको परिवारलाई पनि ५ रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भीमदत्त नगरपालिका वडा नं. १८ का किशोर सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रकाशित समय १७:०५ बजे

















