गृहपृष्ठ सुर्खेतमा पहिलोपटक साउना बाथ र स्टिम प्रविधि
सुर्खेतमा पहिलोपटक साउना बाथ र स्टिम प्रविधि
सुर्खेतमा पहिलोपटक १६ लाखको लगानीमा जापानी प्रविधिबाट साउना बाथ र स्टिम सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरे । साउना बाथ र स्टिम मानवीय स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएको सञ्चालक जीवन बिसीले बताए ।
होम डाँगी र जीवन बिसीले संयुक्त रुपमा सञ्चालन गरेको यो प्रविधि आयुर्वेद चिकित्सा पद्दतिअन्तर्गत पर्छ । साउना बाथ र स्टिमले खानाको माध्यमबाट शरीरभित्र प्रवेश गरेका विशाक्त पदार्थलाई भित्रैदेखि सफाइ गर्ने, धुम्रपान र मध्यपानको प्रयोगबाट उत्पन्न स्वास्थ्य जोखिमलाई कम गर्ने र शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने काम गर्छ । त्यस्तै, छालालाई नरम र चम्किलो बनाउन तथा खोकी, चिसो, पिनास, एलर्जीजस्ता समस्याबाट पनि छुटकारा दिलाउने भएकाले साउन बाथ र स्टिम गर्नेको संख्या दिनहुँ बढ्दो छ ।
प्रकाशित समय १४:४७ बजे
















