गृहपृष्ठ ‘प्रदेश ५ को स्थायी राजधानी बुटवल नै’

‘प्रदेश ५ को स्थायी राजधानी बुटवल नै’

नेकपाको विघटन प्रक्रिया सुरु भइसक्यो : कांग्रेस नेता खाण

Bal_krishna_khand_newskarobar

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिलेको सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन् । सरकारका पछिल्ला गतिविधि र प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिकै कारण संघीयता धरापमा पर्दै गएको उनको बुझाइ छ ।

बुटवलमा शनिबार आयोजित साक्षात्कारमा नेता खाणले तर संघीयता बचाउन नेपाली कांग्रेस लागिपरेको बताए । नेकपामा एकताको प्रक्रिया सुरु हुनु सामान्य भएको भन्दै उनले अब एकतापछिको आयुको गणनाा सुरु भइसकेको दाबी गरे । ‘अब नेकपाभित्र एकता होइन, विघटनको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने ।

जततालाई बढीभन्दा बढि सम्पन्न बनाउन संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइए पनि नेकपाको सरकारले केन्द्रीय शासन प्रणाली सञ्चालन गरिरहेको उनको आरोप छ । ‘प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुको सट्टा नियन्त्रण गर्न खोज्नुले यसलाई स्पष्ट पार्छ,’ खाणले भने, ‘दुई तिहाईको आडमा अन्य दलको अस्तित्वलाई अस्वीकृत गर्ने परिपाटीले पनि राम्रो संकेत गर्दैन ।’

अहिलेको सरकारले कर आतंक सिर्जना गरेको र उद्योगी व्यवसायीलाई समेत आतंकित पारेको उनको आरोप छ । विश्वको कुनै पनि भूभागमा १० वर्ष पनि कम्युनिस्ट शासन व्यवस्था चल्न नसक्ने नेता खाणको भनाइ छ । बुटवलमै स्थायी राजधानी बन्नेमा विश्वस्त रहन उनले सबैलाई आग्रह पनि गरे ।

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु