गृहपृष्ठ प्रधानमन्त्रीको स्वास्थमा पूर्ण सुधार, डिस्चार्ज गर्ने तयारी

प्रधानमन्त्रीको स्वास्थमा पूर्ण सुधार, डिस्चार्ज गर्ने तयारी

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आएको छ । स्वास्थ्यमा सुधार देखिएपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी छ ।

सोमबार विहान अस्पताल भर्ना गरिएको उनलाई ३ दिनको अवधिमा पूर्ण सुधार भएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यपक डाक्टर कृष्ण श्रेष्ठले बताए । ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब डिस्र्चाजको तयारी छ ।’ उनले भने ।

यता प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले मेडिकल टिमको निर्णयको प्रतिक्षामा रहेको बताए । ‘प्रधानमन्त्री ज्यूको स्वास्थ्मा पूर्ण सुधार आएको छ, अस्पतालमै एक दुई दिन आराम गर्ने की निवासमै आराम गर्ने भन्ने निर्णय आउन बाँकी छ ।’ उनले भने ।

रक्तचाप र मधुमेह पनि सन्तुलनमा रहेकले प्रधानमन्त्री ओलीले सामान्य हिडडुल गरेको र खाना थालेका छन् । प्रधानमन्त्री ओलीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु