गृहपृष्ठ सरकारविरुद्ध तरुण दलको आन्दोलन घोषणा

सरकारविरुद्ध तरुण दलको आन्दोलन घोषणा

tarun-dal_newskarobar

मुख्य विपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारको विरोधमा सातै प्रदेशका राजधानीमा -याली गर्ने भएको छ । तरुण दलका महासचिव भुपेन्द्रजङ शाहीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

सरकारले अधिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्यवृद्धि, वाइडबडी, निर्मला पन्त प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रवैया देखाएको भन्दै विरोधमा -याली तथा सभा गर्ने उनले जानकारी दिए । कार्यक्रम माघ ८ देखि १४ गतेसम्म हुने विज्ञप्तिमा उल्लेख छ ।

महासचिव शाहीका अनुसार माघ १४ गते प्रदेश १ को विराटनगर, ९ गते प्रदेश २ को जनकपुर, १० गते प्रदेश ३ को हेटौंडा, ११ गते गण्डकी प्रदेशको पोखरा, १२ गते प्रदेश ५ को भैरहवा, १३ कर्णाली प्रदेशको सुर्खेत र १४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने तय भएको छ ।

प्रकाशित समय २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु