गृहपृष्ठ मनमोहनमा ‘रोबोटिक एन्ड आर्डिनो’ तालिम सुरु

मनमोहनमा ‘रोबोटिक एन्ड आर्डिनो’ तालिम सुरु

manamohan-smriti-politechnitic-newskarobar

मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटमा अध्यनरत विद्यार्थीका लागि ‘रोबोटिक एन्ड आर्डिनो’ तालिम सुरु भएको छ । मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटको आयोजनामा सो कलेजमा अध्यनरत विद्यार्थीका लागि तालिम आयोजना गरिएको हो ।

वर्तमान समयमा सूचना र प्रविधिको सही प्रयोगबाट जटिल काम पनि रोबोटका माध्यमबाट सहज तरिकाले गर्न सकियोस् भन्ने उद्देश्यले हप्तादिनको तालिम आयोजना गरिएको हो । तालिम सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन, इन्जिनियरिङ सामग्रीको उचित पहिचान र विद्यार्थीको फाइनल वर्षका लागि प्रोजेक्ट निर्माणमा सहयोगी हुने पोलिटेक्निकका सूचना प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए । तालिममा इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थी र सम्बन्धित विज्ञहरुको सहभागिता छ ।

यसैबीच, इन्स्टिच्युटले अध्यनरत विद्यार्थीका अभिभावकसँग भेटघाट तथा अन्तक्र्रिया गरेको छ । पोलिटेक्निकले नियमित रुपमा अभिभावकसँग समय–समयमा अन्तक्र्रिया गर्दै आएको सूचना प्रमुख चौधरीले जानकारी दिए ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु