गृहपृष्ठ जब भारतीय तान्त्रिकले मानव बलिका लागि सरकारसँग अनुमति मागे

जब भारतीय तान्त्रिकले मानव बलिका लागि सरकारसँग अनुमति मागे

human sacrifice_NewsKarobar

भारतमा अझै पनि विभिन्न तान्त्रिकहरूले आफ्नो इच्छासिद्धिका लागि मानव बलि दिने गरेका छन् भन्दा धेरैलाई विश्वास नहुन सक्छ, तर भारतमा लुकिछिपी मानव बलि दिइने गरेको बेलाबेलामा सार्वजनिक हुने विभिन्न प्रकरणहरूले पुष्टि गरेका छन् । हालैमात्र उडिसामा बलि दिइएका दुई बालकको टाउको भेटिएको थियो ।
भारतकै विभिन्न प्रान्तका गरिब परिवारहरूका बालबालिकामात्र होइन, नेपालबाट समेत साना बालबालिका अपहरण गरी त्यस्ता तान्त्रिकहरूले बलि दिने दिइने गरिएको चर्चा सीमाक्षेत्रमा बारम्बार सुनिन्छ ।
लुकिछिपी हैन, नेपालसँग सीमा जोडिएको बिहारमा पगला बाबा भनेर चर्चित तान्त्रिक सुरेन्द्रप्रसाद सिंहले बिहार सरकारसँग मानव बलिका लागि अनुमति मागेका छन् ।
बिहारको बेगुसराय जिल्लामा ती तान्त्रिक बाबाले स्थानीय सब डिभिजनल अफिसरलाई पत्र लेखेर मानव बलिका लागि अनुमति मागेका हुन् । ती तान्त्रिकले मानव बलिलाई सही मान्दै आफ्नो छोरालाई पहिला बलि दिने भन्दै एउटा भिडियोसमेत बनाएका छन् ।
भिडियोमा पगला बाबाले मानव बली कुनै अपराध नभएको भन्दै आफ्ना इन्जिनियर छोरोका पहिलो बलिदान गर्ने घोषण गरेका छन् । विन्दू माँ मानव कल्याण संस्थानका लेटरहेडमा ती बाबाले स्थानीय अधिकारीहरूलाई पत्र लेखेका हुन् ।
“मानव बलिदान कुनै अपराध होइन, मलाई देवी कामाख्याले यस्तो शक्ति प्रदर्शनका आदेश दिनु भएको छ र म पहिलो मानव बलि त्यो व्यक्तिको दिँदैछु, ऊ पेशाले इन्जिनियर हो र मेरो मन्दिरलाई आर्थिक सहयोग गर्दैन,” ती बाबाले भिडियोमा भनेका छन् । स्थानीयबासीहरूले सिंहलाई उसको अस्वाभाविक गतिविधिका कारण पगला बाबाका संज्ञा दिएका हुन् ।
सिंह अधिकांस मान्छेको खोपडी बोकेर नाङगै घुम्छन, उनका अस्थिर स्वभावका कारण स्थानीयवासीहरू आफ्ना केटाकेटीका बलि दिइने हो भनेर डराएका छन् ।
स्थानीय प्रहरीले यसलाई गम्भीर मामिला मानेर तान्त्रिकमाथि निगरानी राख्न सुरु गरिएको जानकारी दिएको छ ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु