गृहपृष्ठ सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प
चिकित्सकहरुले देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । कर्मचारी समायोजन विधेयकविरुद्ध चिकित्सकहरुले सेवा ठप्प पारेका हुन् ।
आन्दोलनको नेतृत्व सरकारी चिकित्सक संघ (गोदान) ले गरेको छ । विधेयक विधेयक सच्याउन आग्रह गर्दा पनि चासो नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको चिकित्सा संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए ।
माग पूरा नभए अर्को हप्ता सामुहिक राजिनमा दिने समेत उने चेतावनी दिए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघले बताएको छ । चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गरेपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन् ।
प्रकाशित समय ११:३६ बजे

















