गृहपृष्ठ नेकपाको कार्यदल भंग
नेकपाको कार्यदल भंग
एकताको प्रस्ताव सचिवालयले तयार पार्ने
नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ । कार्यदल भंग भएसँगै अब शीर्ष नेता रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार गरी स्थायी कमिटीमा पेश गर्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले विवादका बिच कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीबार सचिवालयसँगको छलफलमा गृहमन्त्रीसमेत रहेका संयोजक रामबहादुर थापाले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदल भंग गर्ने प्रस्ताव गरेका थिए । कार्यदलका बहुमत सदस्यले म्याद थप्नुपर्ने बताए पनि आजको सचिवालयले ओलीको प्रस्ताव स्वीकार गरेको हो ।
सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिँदै अब प्रस्ताव तयार गर्ने जिम्मा शीर्ष नेता सम्मिलित सचिवाललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय ११:४९ बजे
















