गृहपृष्ठ दोरम्बामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर
दोरम्बामा तीनदिने निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर
जनता बैंक नेपालको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी बैंकले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्रीतथा प्रसूति रोगसम्बन्धी र आँखा उपचारका लागि बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैक्रममा बैंकले दोरम्बामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
नेपाल नेत्र ज्योती संघअन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरहरुमा १ हजारभन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको छ भने ५७ जनाको शिविरस्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
स्त्री रोगसम्बन्धी उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेसन गर्नुपर्ने गरी पहिचान भएका बिरामीलाई अपरेसनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट रिफर भएका महिलाको निःशुल्क अपरेसन गर्ने व्यवस्था मिलाइएको छ । शिविरका लागि क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा रोज फाउन्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
प्रकाशित समय ०६:४९ बजे

















