गृहपृष्ठ झलनाथका गिती एल्बम बजारमा, केपी ओलीले गरे विमोचन
झलनाथका गिती एल्बम बजारमा, केपी ओलीले गरे विमोचन
गीतकार एवं पूर्वप्रधानमन्त्री जेएन खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए । ‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ,’ प्रधानमन्त्री ओलीले भने , ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसंगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।’
प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताए । ‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौ’, प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिले महसुष गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ ।’
प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइससेका नेता खनालको सृजनसिलताको प्रशंसा गरे । ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यती राम्रो सृजना गर्नुभएको छ. ‘प्रधानमन्त्री ओलीले भने, ‘वहाँको सृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ । ‘
प्रकाशित समय ०६:१७ बजे

















