गृहपृष्ठ कर्णाली प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक सभामा पेश

कर्णाली प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक सभामा पेश

karnali-newskarobar

कर्णाली प्रदेश सभामा लोकसेवा आयोग गठन सम्बन्धी विधेयक पेश गर्न मन्त्रीपरिषद्को बैठकले स्विकृत प्रदान गरेको छ । शनिबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक पेश गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषदले प्रादेशिक जडिबुटी तथा शीत भन्डार निर्माण कार्यलाई रास्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्न र उक्त कार्यक्रम कार्यान्वयन गर्न जागृति सामुदायिक वन उपभोक्ता समूह भेरीगंगा नगरपालिका वडा नं १०, मदानेचौर सुर्खेतको ६ हेक्टर वन क्षेत्र भोगाधिकार दिन स्विकृतीका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा भिमप्रकाश शर्मा (सल्यान), जनसम्पर्क सल्लाहकारमा जनकनाथ योगी (कालीकोट) र प्रशासनिक सल्लाहकारमा रत्न गाहा मगर (दैलेख) लाई मनोनयन गर्ने निर्णयसमेत बैठकले गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले बताईन् ।

प्रकाशित समय २१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु