गृहपृष्ठ कुँवरको ‘द लस्ट गर्ल’

कुँवरको ‘द लस्ट गर्ल’

बुटवल– लामो समयदेखि रुपन्देहीमा शैक्षिक परामर्शको रुपमा कार्य गर्दै आएका स्टडी वर्ल्ड एजुकेसन प्रा. (लि) का देवबहादुर कुँवरले रंग क्षेत्रमा हात हालेका छन् । कुँवरले सत्य कथामा आधारित लघु चलचित्र ‘द लस्ट गर्ल’ (एउटी हराएकी केटी) नामको लघुचलचित्र निर्माण गर्ने भएका हुन् ।
बुटवल सिद्धबाबा धाम विकास समितिमा एक कार्यक्रम गरी बिहीबार चलचित्रको शुभमुहुर्त गरिएको छ । चलचित्रमा वैदेशिक रोजगारीको पीडा र नेपाली नारी कसरी भारत हुँदै यूएई पुग्छन् र बेचिन्छन् ? भन्ने विषयमा चलचित्र निर्माण हुने निर्देशक÷कथाकार प्रकाश ढकालले जानकारी दिए ।
रुपन्देही, पाल्पालगायतका स्थानमा छायांकन हुने चलचित्रमा कान्ति माविमा कक्षा ११ मा अध्ययरत छात्रा अञ्जना घिमिरेले मुख्य पात्र जुनाको भूमिका निर्वाह गर्नेछिन् ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु