गृहपृष्ठ नेकपाको पहिलो केन्द्रीय समिति बैठकले के निर्णय गर्दै छ ?
नेकपाको पहिलो केन्द्रीय समिति बैठकले के निर्णय गर्दै छ ?
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पहिलो बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठक अपराह्न ४ बजे बस्न लागेको हो । सपथ लिन बिहीबार छुटेका केन्द्रीय सदस्यको सपथ तथा निर्वाचन आयोगमा दल दर्तासम्बन्धी प्रक्रिया पूरा गर्नेबारे छलफल हुने बताइएको छ ।
बैठकलाई अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्नेछन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ४४१ र चार आमन्त्रित गरी ४४५जना केन्द्रीय सदस्यलाई बधाई दिँदै पार्टी एकतापछिको जिम्मेवारी र दायित्वबारे निर्देशन दिनेछन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्न विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने सरकारको धारणा राख्दै त्यसमा सहयोगी भूमिकामा रहन सबै नेतालाई निर्देशन दिने बताइएको छ । त्यस्तै अध्यक्ष प्रचण्डले पनि केन्द्रीय सदस्यलाई सम्वोधन गर्नेछन् । केन्द्रीय समितिको पहिलो बैठकमा अध्यक्षद्वयले पार्टीको भूमिका र आगामी रणनीतिबारे केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्ने केन्द्रीय सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
प्रकाशित समय १३:०५ बजे
















